एशियन गेम टी-२० मा नेपालले मंंगोलियालाई २७३ रनले पराजित गर्दै कीर्तिमानी जीत हासिल गरेको छ । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो सबैभन्दा फराकिलो जीत हो।
मंंगोलियाले आफ्नो पहिलो अन्तराष्ट्रिय टी-२० क्रिकेट खेलमा टस जिती नेपाललाई ब्याटिङ्ग
को अवसर दियको थियो |नेपालका लागि ५० बलमा १३७ रन प्रहार गरेका खुशल मल्लले ३४ बलमा शतक प्रहार गर्दै बिश्व क्रितिमान बनायका छन भने एस अघि ३५ बलमा शतक प्रहार गर्ने खेलाडीमा साउथ अफ्रीकाका डेविड मिलर ,भारतका रोहित शर्मा ,चेक रिपब्लिकका सुदेश विक्रम्सेकरा को नाममा उक्त क्रितिमान थियो ।त्यसैगरी १० बलमा ५२ रन प्रहार गरेका नेपालका अलराउनडर खेलाडी दिपेन्द्र शिंह एरीले ९ बलमा अर्धसतक (५० ) रन प्रहार गर्ने पहिलो खेलाडी बनेका छ्न ।यस अघि उक्त कृतिमान १२ बलमा अर्धशतक भारतका युबराज शिंह ,वेस्ट इन्डिजका क्रिस गेल ,अफगानिस्तानका हजरतुल्ला जाजीको नाममा थियो ।
नेपालले २० ओभर खेल्दै ३ विकेटको क्ष्य्तिमा ३१४ रनको बिशाल योगफलका बनायको थियो जसमा नेपालका लागि क्यापटेन रोहित पौडेलले ६१ रन ,कुशल भुर्तेल १९ ,असिफ शेख १६ रनको योगदान गरेका थिए ।नेपालाले टि -२० क्रिकेटमा ३१४ बनाउदै एक पारीमा उच्न रन बनाउने पहिलो टिम बनेको छ ।यसअघि २०१९ मा आयरल्याण्ड विरुद्ध अफगानिस्तानले २७८ रन बनायको थियो । नेपालले उक्त पारीमा २६ छक्का प्रहार गरि टी-२० क्रिकेटमंगोलिया २७३ रनको अन्तरले खेलमा पराजित भए संगै नेपाल ठुलो अन्तरले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बिजेता बन्ने पहिलो टिम बनेको छ ।यस अघि चेक रिपब्लिकले टर्की विरुद्ध २५७ रनको अन्तर नै सर्बश्रेष्ठ थियो । नया कृतिमान रचेको छ यसअघि आयरल्याण्ड विरुद्ध अफगानिस्तानले एक पारिमा २२ छक्का प्रहार गरेको थियो ।
नेपालले दिएको ३१५ रनको लक्ष्य पछ्याउने क्रममा मंगोलिया १३.१ ओभरमा ४१ रनमै समेटिएको हो। मंगोलियाका लागि दाबासुरेन जयमसुरेनले १० रन बनाएका थिए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।मंगोलिया २७३ रनको अन्तरले खेलमा पराजित भए संगै नेपाल ठुलो अन्तरले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बिजेता बन्ने पहिलो टिम बनेको छ ।यस अघि चेक रिपब्लिकले टर्की विरुद्ध २५७ रनको अन्तर नै सर्बश्रेष्ठ थियो ।
vबलिङ्ग तर्फ नेपालका लागि करण केसी, अविनाश बोहरा र सन्दीप लामिछानेले दुई–दुई तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक–एक विकेट लिए।
यो जितसँगै नेपालले दुई अङ्क जोडेको छ। नेपालले पहिलो चरणको अर्को खेलमा असोज १४ गते माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ।