अस्थीर राजनीति र अस्थीत नीतिले लोकतन्त्र माथि आक्रमण

Byhamroonlinekhabar

२०८० मंसिर १९, मंगलवार १८:१२ २०८० मंसिर १९, मंगलवार १८:१२ २०८० मंसिर १९, मंगलवार १८:१२

सल्यान,१९ मंसिरhttp://मानवअधिकार तथा शान्ति समाजकाे नागरिक सम्वाद कार्यक्रम सल्यान खलङगामा ।
अस्थीर राजनीतिका कारण लोकतन्त्रमाथि धमिरा लाग्ने संकेत देखिन थालेको सल्यानबासीले बताएका छन् । मानव अधिकार तथा शान्ति समाज सल्यान शाखाले मंगलबार खलङमा आयोजना गरिएको नागरिक संवाद कार्यक्रममा बोल्ने बक्ताहरुले अस्थीर राजनीतिकका कारण लोकतन्त्र माथि प्रहार हुने गरेको बताएका हुन ।
मानव अधिकार तथा शान्ति समाजका निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले दलहरुले नागरिक प्रति थप जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,दलहरुले आफनो आनीबानि र ब्यबहारलाई नागरिक मैत्री बनाउनु पर्छ ।


नेपाली काग्रेसका प्रतिनिधि सनत आचार्यले लोकतन्त्रले सुशासन प्रबद्र्धन गर्नेमा अझै पनि सेवा प्रबाह राम्रो सँग हुन नसकेको गुनासो गर्नुभयो ।
नेकपा माओबादीका सुकदेव बिकले सबै पार्टी कुनै न कुनै रुपमा चुकेको बताउनुभयो । जनयुद्धको उपलब्धि लोकतान्त्रीक गणतन्त्र हो,उहाँको भनाई छ ।
एकिकृत समाजबादी पार्टीका जिल्ला सचिव रमेश गौतमले मंसिर ७ गते राजधानी काठमाण्डौ देखिएको लोकतन्त्र बिरुद्धको आन्दोलन हुनु दलहरुबाट केही कम्जोरी भएकै कारण भएको बताउनुभयो । तर समाजमा लोकतन्त्र प्राप्त पछि नकारात्मक काम मात्र भयो भन्नु गलत हो उहाँको भनाई छ ।
राष्ट्रिय भुमि आयोग सल्यानका अध्यक्ष बिरबहादुर सेजवालले राजनीतिक दलहरु सुध्रनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव निर्मल नेपाली,केन्द्रिय सदस्य तुलसीराम सुनार,पत्रकार बुद्धि पुन र खगेन्द्र केसीले आ आफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रममा केन्द्रिय सदस्य दिल्ली जैसीले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो भने सहजिकरण सचिव अंगेश्वर डाँगीले गर्नुभएको थियो । शान्ति समाजले यो अभियान बिभिन्न जिल्लामा ७५ अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्र्दभमा साता ब्यापी कार्यक्रम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *