शान्ति सुरक्षा चुस्त दुरुस्त राख्न नागरिकको आग्रह

Byhamroonlinekhabar

२०८० आश्विन १६, मंगलवार १६:५६ २०८० आश्विन १६, मंगलवार १६:५६ २०८० आश्विन १६, मंगलवार १६:५६

सुशील बस्नेत

दाङ,१५ असोज

दाङमा शान्ति सुरक्षाको अबस्था चुस्तदुरस्त राख्न स्थानीय प्रशासनसँग सरोकारवाला पक्षले माग गरेका छन् । अक्टोवर २ अर्थात अहिंसा दिवसको सन्र्दभमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहमागिहरुले जिल्लामा दिनहुँ हिंसात्मक गतिबिधि हुने गरेको सुनाएका हुन ।

राज्य संयन्त्रको कम्जोरीका कारण अपराधमा संलग्नहरुले प्रसय पाईरहेको उनीहरुको भनाई छ ।

सर्वोच्च अदालतले आजिवन काराबासको दण्ड तथा कैद सजाय तोकेका ब्यक्तिहरुलाई राजनीतिक मुद्धा बनाई उन्मुक्ति दिने कार्य श्रृंखलाबद्ध रुपमा भईरहेको उनीहरुको भनाई छ । त्यति मात्र नभई यस्ता गतिबिधिले अपराधिहरु थप हौसिदाको प्रभाव दाङमा पनि पर्ने गरेको दाङका प्रमुख जिल्ला अधिकारी राम बन्धु सुबेदी र प्रहरी नायव उपरिक्षकलाई सुनाएका थिए ।

कार्यक्रममा सम्बोधन गर्नुहुदै तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खडकाले शान्ति सुरक्षामाथि थप प्रस्न उठाउनुभयो । तुलसीपुरलाई कुन ईण्डीकेटरले असुरक्षा भनेको हो भनि सोध्नुभयो । 

सञ्चार उद्यमी देवीप्रसाद धिताल हेमराजका हत्यारा आरामले बसेका होलान उहाँको ब्यङग गर्नुभयो ।

दाङका प्रमुख जिल्ला अधिकार रामबन्धु सुबेदीले समाजमा नैतिकता बौराउन नसकेको बताउनुभयो । नैतिकबान समाज नहुदा हिंसाले प्रसय पाएको उहाँको भनाई छ । अहिंसात्मक समाज निर्माणका  लागि युवा र बिद्यार्थीहरु बिच अन्तरक्रियात्मक सचेतना हुनुपर्नेमा प्रमुख जिल्ला अधिकारी सुबेदीले सुझाब दिनुभयो ।

मानव अधिकार तथा शान्ति समाजका निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले राजनीतिक समाजमा अहिंसात्मक सोचको विकास हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव निर्मल नेपाली,उच्च अदालत बार तुलसीपुरका अध्यक्ष गोर्कण खत्री,जेष्ठ नागरिक समाज लुम्बिनी प्रदेशका संयोजक खुमानन्द अधिकारी,महिला अधिकारकर्मी सुष्मा गिरी,एन प्याब्सन दाङका निर्वतमान अध्यक्ष बिमल गौतम,शान्ति समाजका पूर्व सभापति शरद रेग्मी,तुलसीपुर चेम्वर अफ कमर्शका उपाध्यक्ष बेनु अधिकारीले हिंसात्मक गतिबिधि बढदै गएको भन्दै चिन्ता ब्यक्त गर्नुभएको थियो ।

दाङ शाखाका कार्यबाहक सभापति कोमल डिसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य कोषाध्यक्ष यज्ञबहादुर बिक र संचालन जिल्ला सदस्य निर्मला गौतमले गर्नुभएको थियो ।

अक्टोबर  २ तारिखलाई शान्ति समाजले बिशेष पर्वको रुपमा मनाउदै आएको छ । अक्टोवर १ मा अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *